Rule 22C
समुदायद्वारा सञ्चालित विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समुदायद्वारा सञ्चालित विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रधानाध्यापक तथा सामुदायिक शिक्षक नियुक्ति गर्ने,
(ख) विद्यालयको स्रोतबाट व्यहोर्ने गरी अन्य शिक्षक तथा कर्मचारी नियुक्ति गर्ने,
(ग) ………………
(घ) विद्यालयको हितको लागि सरकारी तथा गैर सरकारी संघ संस्था वा व्यक्तिसँग सम्झौता गर्ने, तर विदेशी संघ संस्था वा व्यक्तिसँग सम्झौता गर्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(ङ) विद्यालयको विकासको लागि आवश्यक योजना तर्जुमा गरी लागू गर्ने,
(च) नियम २५ को खण्ड (च), (छ) र (ज) वाहेकका अन्य काम, कर्तव्य र अधिकारको पालन तथा प्रयोग गर्ने गराउने ।